कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

परीक्षा १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।