काठमाडौँ -टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी दिएका हुन् ।
भूकम्पका कारण हालसम्म ८ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । राष्ट्रपति एर्डोगानले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन् ।
टर्कीको इज्मीर शहरमा शुक्रबार ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ । भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको छ ।