माछा पोखरीमा डुबेर आमाछोरीको मृत्यु

काठमाडौँ – आफैँले माछा पाल्ने गरेको पोखरीमा डुबेर दुई छोरीसहित आमाको पनि ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मोरङ्गका अनुसार ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, छोरी १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार माछालाई चारो हाल्ने क्रममा कान्छी छोरी कृतिकाले पौडी खेल्न मन गरेपछि लुगा फुकालेर उनि पोखरीमा पसिन पौडी खेल्न नसकेपछि जेठीछोरी पवित्रा बैनीलाई पोखरीबाट निकाल्न भित्र पसिन तर उनिपनि निस्कन नसकेपछि छोरीहरुको उद्धारका लागि आमा सीता पोखरीमा पसेपनि निस्कन नसकेको बताइएको छ ।

माइतीमा बस्दै आएका सीता र छोरीहरु गहिरो माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुमानमा बताइएको छ । घटनाको प्रकृतिहेर्दा छोरीहरुले पोखरीको डिलमा कपडा खोलेर भित्र पसेको र डुबेर नै मृत्यु भएको हुनसक्ने ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझी बताउनुभयो ।