२४ घण्टामा ३७२९ जनामा संक्रमण, २५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार ४३० जना र एन्टिजेन परीक्षणबाट १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १५ हजार ६७५ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ४९३ र एन्टिजेन परीक्षण ६ हजार १८२ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १८८५ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ ।