खुल्लापाटी खुल्ला बहस : के छ काठमाडौँ बाहिरका विद्यालयको अवस्था ? (भिडियोसहित)

काठमाडौँ – खुल्लापाटी खुल्ला बहस अन्तर्गत आइतबार प्रदेश १ र प्रदेश ५ का विद्यालयको अवस्थाबारे बहस भयो । प्याब्सनले २२ गतेदेखि अनलाइन कक्षा सञ्चालनका लागि जारी गरेको सर्कुलर अनि कतिपय प्रदेशले अनलाइन कक्षा सञ्चालनमा रोक लगाएको अनि सरकारले शुल्क फिर्ता दिन गरेको निर्देशनपछि निजी विद्यालयको अवस्थाबारे छलफल भयो ।
बहसमा बुटवलबाट टप्स स्कुलका सञ्चालक हेमलाल शर्मा सहभागी भए । प्याब्सन केन्द्रीय अध्यक्षसमेत रहेका शर्माले अभिभावकसँग समन्वय गर्न अनलाइन, टेलिभिजन, रेडियो लगायतबाट शिक्षण सुरु गरेको जानकारी दिए । त्यस्तै प्याब्सन ताप्लेजुङ्गबाट कञ्चनजंगा स्कुलबाट दिनेश भट्टराई सहभागी भए ।

प्याब्सन ताप्लेजुङ्गका अध्यक्षसमेत रहेका भट्टराईले अनलाइन वा अन्य माध्यमबाट तत्काल विद्यालय सञ्चालन सम्भव नभएकाले लकडाउनको अवस्था हेरेर थप निर्णय गर्ने जानकारी दिए । त्यस्तै झापाबाट प्याब्सन झापाका अध्यक्षसमेत रहेका पशुपति अंग्रेजी माविका सञ्चालक एलपी उप्रेती सहभागी भए । उनले सम्भव भएसम्म विद्यार्थीरुलाई अनलाइन लगायत पहुँच पुगेसम्मबाट अभिभावकमाथि साक्षात्कार गर्ने, विद्यार्थीलाई शिक्षण गर्ने गरिएको जानकारी दिए ।

बहस हेर्न तलको भिडियो क्लिक गर्नुहोस :

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहसमा बुटवलबाट बुटवल पब्लिक स्कुलका हेमलाल शर्मा, एल पी उप्रेती प्याब्सन झापा अध्यक्ष र ताप्लेजुङ प्याब्सन अध्यक्ष दिनेश भट्टराई।

Gepostet von Khullapati am Sonntag, 3. Mai 2020