खुल्लापाटी खुल्ला बहस : उपत्यकाका विद्यालयको आफ्नै योजना (भिडियोसहित)

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आइतबार राजधानीका विभिन्न भेगका विद्यायलयका सञ्चालकहरुसँग छलफल भयो । बहसमा भ्याली पब्लिक स्कुल भंगालका कृष्ण अधिकारी, मोलिस स्कुलका सञ्चालक ईश्वर गुरुङ र ग्रीनल्याण्ड स्कुल धापासीका थकिन गुरुङ सहभागी भए ।

बहसमा प्याब्सन उपाध्यक्षसमेत रहेका अधिकारी र गुरुङले अनलाइन लगायतका माध्यमबाट बालबालिकाको पहुँचमा पुगेको जानकारी दिए । अर्का थकिन गुरुङले भने अनलाइन नयाँ प्रविधि भएकाले सबैलाई सहभागिता गराउन नसकेको जानकारी दिए ।

साथै सहभागी वक्ताहरुले लकडाउनले विद्यालयको चौघेरामा पहुँच नपुगेपनि विद्यालयले कुनै न कुनै रुपमा गरेको पहलबारे जानकारी दिए । परीक्षा, शुल्कलगायतबारे पनि सहभागीले धारणा राखेका छन् । हेरौँ बहस :

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहसमा भ्याली पब्लिक स्कुल भंगालका कृष्ण अधिकारी, मोलिसस स्कुलका सञ्चालक ईश्वर गुरुङ र, ग्रीनल्याण्ड स्कुल धापासीका थकिन गुरुङ बीचको बहस ।

Gepostet von Khullapati am Sonntag, 3. Mai 2020

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।