थप ५ जनामा कोरोना संक्रमण, संक्रमित २५० पुगे

काठमाडौँ – नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहान २ जनामा देखिएकोमा पछि ५ जना थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या अहिलेसम्म २५० पुगेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार सर्लाही र महोत्तरीमा २र२ जना तथा धनुषाका एक जनामा संक्रमण पुष्टि भएको छ । सर्लाही, धान्कौल न.पा. निवासी ४५ बर्षीय पुरुष, धनुषा जनकपुर न.पा. र मिथिला न.पा. निवासी ४० बर्षीय पुरुष र  महोत्तरी, जलेश्वर न.पा. २० बर्षीय महिला र बलवा न.पा. निवासी १६, ३५ बर्षीय पुरुषहरू छन् ।

उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।