लकडाउन वैशाख १५ गतेसम्म कायम गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनलाई वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १५ वैशाखसम्म बढाउने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ पुगिसकेको छ ।