थप ४०४७ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा आज थप ४ हजार ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार ४७ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । पछिल्लो २४ घन्टामा १४७३ जना डिस्चार्ज भएका छन् ।