नेक्सस स्कुलद्धारा पिपिई हस्तान्तरण

काठमाडौँ । काठमाडौँको सनसिटी अपार्टमेन्टमा कोरोनाको संक्रमण देखिएपछि पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट (पिपिई) उपलब्ध गराएको छ । विद्यालयले नजिकै रहेको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएपछि अन्यलाई उपचारार्थ र सुरक्षा सहज बनाउन पिपिई हस्तान्तरण गरेको नेक्ससका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारी दिए ।

नेक्ससले कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहर नगरपालिका वडा नं ९ का अध्यक्ष कुन्दन खड्का र महानगरीय ट्राफिक प्रहरी महाशाखाका एस पी राजकुमार वैदवारले पिपिई ग्रहण गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य आरबी कट्वालले सामाजिक सुरक्षा र दायित्व वहन अन्तर्गत विद्यालयको तर्फबाट पिपिई सहयोग गरिएको जानकारी दिए ।

उनले भने –‘ विद्यालयले सामाजिक दायित्व अन्तर्गत पिपिई सहयोग गरेको हो । यसअघि पनि हामीले विभिन्न निकायलाई सहयोग गर्दै आएका थियौँ । ’ नेक्सस स्कुलमा पिपिई हस्तान्तरण कार्यक्रममा मेयर कृष्णहरि थापा, वडाध्यक्ष कुन्दन खड्का, एसपी राजकुमार वैदवारले विद्यालयले गरेको काम स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए ।