लकडाउन खुकुलो : के के खुल्दैछन् ?

काठमाडौँ – सरकारले कोरोना महामारी नियन्त्रण गर्न लगाएको लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउनुको साथै पसलहरु सञ्‍चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले सामाजिक दुरी र सुरक्षाका मापदण्ड कायम गर्दै पसलहरु खोल्न दिने र निजी सवारी साधन जोर(बिजोरका आधारमा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो ।

लकडाउनको सबै प्रक्रियाबारे आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइनेभएको छ ।