जनस्वास्थ्यको मापदण्ड पालना गर्दै दशैं मनाउन स्वास्थ्यमन्त्रीको अपिल

काठमाडौँ -स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्दै दशैं मनाउन अपिल गरेका छन् ।

हिन्दु नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आज भिडियो सन्देश मार्फत शुभकामना दिंदै स्वास्थ्य मन्त्री ढकालले अघिल्ला वर्षहरुमा भव्यताका साथ दशैं मनाउने गरेको भएपनि यसवर्ष कोरोना महामारीको समय भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सिमित रुपमा दशैं मनाउन अपिल गरेका हुन् ।

मन्त्री ढकालले मास्कको प्रयोग, भौतिक दुरी कायम गर्ने तथा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग नै कोरोना रोकथामको प्रभावकारी उपाय भएको भन्दै त्यस्ता उपायलाई पालना गर्न पनि आग्रह गरे ।