यी राष्ट्रमा देखिएन कोरोना

काठमाडौं–कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्व आक्रान्त बनेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताए । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ ।

कोरोना भाइसरबाट धेरै प्रभावित १० देश

इटाली, स्पेन, संयुक्तराज्य अमेरिका, फ्रान्स, चीन, इरान, बेलायत, जापान, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम,

कोरोनाबाट सुरक्षित यी देश

विश्व महामारी बनिरहेको कोरोना भाइरसबाट केही देश सुरक्षित रहेका छन् । ति देशहरुले आफ्नो देशमा कोरोना भाइरसको एउटा पनि संक्रमण नदेखिएको दाबी गरिरहेका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने साना देश तथा टापुहरु सुरक्षित रहेको पाइएको हो ।
अफ्रिकी देशका कोमोरोश, लिसोथो, सो तोमे र प्रिन्सिपि, दक्षिढ सुडान तथा सार्वी अरब डेमोक्रेटिक रिपव्लिक । सेन्ट हेलेना क्षेत्र, ट्रिस्टान डि चुना क्षेत्रमा पनि कोरोना संक्रमण को रिपोर्ट देखिएको छैन ।

अहिलेसम्म कोरोना भाइरस नदेखिएका राष्ट्रहरु

एसियाली देशहरु

यमन, उत्तर कोरिया, दताजकिस्तान, तुर्कमिनिस्तान

अफ्रिकी देशहरु

दक्षिण सुडान, लेसोथो, कोमोरोस, साओ तोमे एण्ड प्रिन्सिप

ओसियानाका देशहरु

सोलोमन आइसल्याण्ड, भानुआतु, सामोआ, किरिबती, फेडरल स्टेट अफ माइक्रोनेशिया, तोङ्गा, मार्सल्ला आइसल्याण्ड, पालाउ, तुभालु, नउर