अमेरीकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् । डेमोक्रेटिक पार्टीका जो बाइडेनको राजनीतिक करियर भने अधिक लामो छ। राष्ट्रपति पदमा चुनिएर सपथ लिएसँगै उनी ७८ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा पाको राष्ट्रपति हुनेछन्।

पूर्व डेलावेयर सीनेटर जो बाइडनलाई सन् २००८ मा राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ४७ औँ अमेरिकी उपराष्ट्रपति पदका लागि चुनिएको थियो र २०१२ पनि फेरि उनलाई निर्वाचित गरियो। त्यसपछि उनी २०२० को राष्ट्रपति पदका लागि उम्मेद्वार बनेर विजय हासिल गरेका हुन्।

अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। बाइडेनका तीनवटा मुख्य प्राथमिकता रहेका छन्, जसमा स्वास्थ्य सुरक्षासँग सम्बन्धित ढाँचाको विस्तार गर्नु, शिक्षामा अधिक लगानी गर्नु र सहयोगी देशका साथको सम्बन्धलाई नयाँ दिशा दिनु शामिल रहेका छन्।