काठमाडौँ र नुवाकोटका सहित १९ जनामा कोरोना संक्रमण, संक्रमित ६०३ पुगे

काठमाडौँ – नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँको सोह्रखुट्टेमा १ जना, नुवाकोटको ककनीमा १ जना सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रूपन्देहीका ६, कपिलवस्तुका ३, गुल्मीका १ जना संक्रमित थपिएका हुन्।

नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये ८७ जना निको भएर घर फर्किएका छन् ।