नेपाली टिमका खेलाडी र अफिसियल सबैको कोरोना नेगेटिभ

काठमाडौँ -बङगलादेशसँगको मैत्रिपुर्ण फुटबल खेल्न ढाका पुगेको नेपाली टिमका खेलाडी र अफिसियल सबैको कोरोना परीक्षण नेगेटिभ आएको छ । जसले टिमलाई ठुलो राहत मिलेको छ ।

बङगलादेश उडनु अगाडी मङगलबार पुरै टिमको पिसिआर परीक्षण गर्दा दुई खेलाडीमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक सातामा सात खेलाडीमा कोरोणा पुष्टि भएसँगै टिम कमजोर त बनेको थियो नै जोखिममा पनि थियो । तर बङगलादेश पुगेपछि गरिएको परीक्षण नेगेटिभ आउदा ठुलो राहत मिलेको छ ।

२५ खेलाडी र ११ अफिसियल गरी कुल ३६ जनाको पिसिआर टेष्ट गरिएको थियो । रिपोर्ट आउन समय लागेपछि टिमले बसेको होटलमा हिजो र आज सामान्य प्रशिक्षण गर्यो । अब भोलिदेखि मैदानमै प्रशिक्षण गर्नेछ । यो टुरको लागि बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टिम प्रशिक्षणमा रहेको छ ।

नियमित प्रशिक्षक योहान कालीन स्वीडेनमा रहेको र यात्रामा स्वीडेन सरकारले कडाइ गरेको कारण जिम्मेवारी महर्जनलाई सुम्पिएको हो । नेपालले बंगलादेशसँग कातिक २८ र मंसिर २ गते दुई मैत्रिपुर्ण खेल खेल्नेछ ।