सलह नेपालमा आएरै छाड्यो, थाल ठटाएर भगाईँदै

काठमाडौँ – नेपालमा फेरि एकपटक सलह किराको झुण्ड प्रवेश गरेका छन । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झुण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । यसका साथै सलह किरा एक–अर्कामा झुम्दै बथान भएर उड्छन् ।

जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो ।सलह त्यस्तो प्रकारको किरा हो यो उड्दा सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ । भारतमा धेरै पहिलेदेखि सलह प्रवेश भएको थियो ।

कृषकहरु पनि यसबाट सचेत रहनुपर्छ । सचेत रहन सकिन्छ । जसका लागि बालीमा किराहरु उडेको छ कि छैन ख्याल राख्नु जरुरी छ । विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।