थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित १२,७७२ पुगे

काठमाडौँ – नेपालमा आज थप ४६३ जना कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार थप ४६३ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । आज थपिएका संक्रमितमा ३५८ पुरुष र १०५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमितहरुमा झापाका २ जना, मोरङका १७ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका एक जना, रौतहटका १७ जना, सर्लाहीका एक जना संक्रमित भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकका एक जना, कपिलवस्तुका १० जना, धादिङका एक जना, ललितपुरका एक जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्बतका २ जना, सल्यानका एक, तनहुँका ६ जना, म्याग्दीका एक जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३ हजार १३ जना पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।