जुम्लामा कर्फ्यु

जुम्ला – कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रण गर्न बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सम्भावित उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।