थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा ११ हजार १७७ नमुना परीक्षण गर्दा । २५ सय बढिमा संक्रमण पुष्टि भएको हो ।

अब नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै १७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएसंगै कोरोनालाई जित्नेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ छ ।