थप १९५४ मा संक्रमण, १ लाख ६२ हजार ३५४ पुगे संक्रमित

काठमाडौँ नेपालमा आज थप १ हजार ९५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९५४जनामा कोरोनाको संक्रमण देखिएको हो । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा थप १ हजार ९५४जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २९८१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख २१ हजार ८२४ पुगेको छ ।