थप ५३८ जनामा संक्रमण, संक्रमित १० हजार नाघे

काठमाडौँ – नेपालमा मंगलबार थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’ मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५३८ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १० हजार ९९ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या दुई हजार २२४ पुगेको छ । पछिल्लो २४ घन्टामा ७८ जना ‘डिस्चार्ज’ भएका छन्।

अहिलेसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।