सांसद एवं शिक्षाविद् श्रेष्ठसँगको बहस बेलुकालाई सर्यो

काठमाडौँ – प्रतिनिधि सभा सांसद् एवं शिक्षाविद् उमेश श्रेष्ठसँग खुल्लापाटी डट कमले आज गर्ने भएको बहस विशेष कारणबश बेलुका ६ बजेका लागि सरेको छ । सांसद श्रेष्ठको कार्यव्यस्तताका कारण उहाँकै आग्रहमा साँझ ६ बजेका लागि कार्यक्रम सारिएको हो ।

शिक्षक शिक्षिकाको तलब, घरभाडा तथा प्रशासनिक खर्च धान्नै नसकेको भन्दै अभिभावकसँग शुल्क तिरिदिन निजी विद्यालयक सञ्चालकहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनको अपिल पछि सरकारले शुल्क नलिन निर्देशन दिएको छ भने विद्यार्थी संगठनहरुले शुल्क नतिर्न अभिभावकमा आह्वान गरेका छन्, शुल्क नउठाउन चेतावनी पनि दिएका छन् ।

निजी विद्यालयका क्षेत्रमा सतिशाल झैँ उभिएका श्रेष्ठसँग निजी विद्यालयका संकटबाट बहस हुन लागेको हो ।

प्याब्सनका वरिष्ठ सल्लाहकारसमेत रहेका  श्रेष्ठसँगको बहस प्रत्यक्ष हेर्न खुल्लापाटी डट कमको तल उल्लेखित फेसबुक पेज लाइक गर्नुहोला ।

https://www.facebook.com/khullapati2020/

साथै नियमित अपडेटका लागि युट्युब पनि सब्स्क्राइब गर्नुहोला ।

https://www.youtube.com/channel/UC05oGM8Ly05hJaVD05AtJ7Q