ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्षस्थानमा उक्लिएको छ । साविक विजेता उसलले मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओमाथि १–० को जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गरेका थिए ।

सो गोल नै निर्णायक बनेको थियो ।लिओनेल मेस्सीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्न खोजेको बल डिफेनडरलाई लाग्दै फुस्किएपछि राकीटिचले पहिलो टचमा नै गोल गरेका थिए । राकीटिचले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ६ मिनेटपछि नै गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलमा ६८ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३० खेलमा ६५ अंक छ ।