एजेन्सी – दैनिक संक्रमण वृद्धिमा कोरोना भाइरसको महामारीले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक ७१ हजार ३५५ जना संक्रमित भएका छन् ।
योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ ।