काठमाडौँ उपत्यकामा थपिए ८४३ संक्रमित

काठमाडौँ काठमाडौँ उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार  काठमाडौँमा ६९६, भक्तपुरमा २९, र ललितपुरमा ११८ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९५४जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । देशभरका प्रयोगशालामा ८, २४८ नमुना परीक्षण गर्दा थप १ हजार ९५४जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा  २९८१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख २१ हजार ८२४ पुगेको छ ।