कोरोनाको अर्को रेकर्ड, २४ घण्टामा ५ हजारबढी संक्रमित

काठमाडौँ – पछिल्लो दिनमा दैनिक रेकर्ड वृद्धि गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपालमा आज अर्को रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको मन्त्रालयले बताएको छ ।

डा. गौतमका अनुसार देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ८१८ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।

थप १४ को मृत्यु

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२२९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।