थप १३५१ जनामा संक्रमण पुष्टि, थप ४ को मृत्यु

काठमाडौँ – नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । १० हजार ८० पीसीआर परीक्षण गर्दा ९ सय १५ पुरुष र ४ सय ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन । काठमाडौमा ४ सय ६९ ,ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मोरङमा ४९, धनुषामा २२, महोत्तरीमा २५, सिरहामा ५५, मकबानपुरमा ४० जनामा संक्रमण पुष्टि भएको छ ।

साथै नवलपरासीमा २५, रुपन्देहीमा २०, सुर्खेतमा २९ र कैलालीमा ५० जना संक्रमित थपिएका छन । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देहीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन । मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमणमुक्त रहेका छन ।

१९ हजार ६ सय २४ जना आइसोलेसनमा रहको छन । तिमध्ये १० हजार ९ सय २९ होम आइसोलेसनमा र ८ हजार ६ सय जना संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये २ सय २५ जना सघन उपचार कक्षमा र ३१ जना भेन्टिलेटरमा रहेका छन ।

गत २४ घण्टामा ७ सय ४२ जना कोरोनामुक्त भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म देशमा ९ लाख ९८ हजार ४ सय ७ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले देशका विभिन्न स्थानका क्वारेन्टिनमा ६ हजार ३ सय १० जना मानिसहरु बसिरहेका छन ।

थप ४ जनाको मृत्यु

यसैबीच, कोरोना संक्रमणवाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छ । सुनसरी र भक्तपुरमा एक–एक महिला र बाँके र गुल्मीमा एक–एक पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ४ सय ८१ पुगेको छ ।