काठमाडौँ उपत्यकामा थप ८१७ जनामा संक्रमण, एकको मृत्यु

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट भक्तपुरका एक ५१ बर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।