विश्वभर पछिल्लो २४ घण्टामा २ लाख बढी संक्रमित

काठमाडौँ – विश्वमा एकै दिन २ लाख २९ हजार ३९१ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ३ हजार ७९८ जनाको मृत्यु भएको छ । विश्वमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६ हजार ९० पुगेको छ ।

त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख ४२ हजार बढी पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६६ हजार नाघेको छ । यी मध्ये ६५ हजार ३७२ जनाको अवस्था चिन्ताजनक छ । त्यसैगरी हालसम्म २ करोड ४८ लाख ७० हजार बढी निको भएका छन ।