एकसाथ तीन महत्वपूर्ण प्रतियोगितामा नेक्सस विजयी

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एकसाथ तीन विभिन्न प्रतियोगितामा जित हासिल गरेको छ । नेक्ससले फोरम अफ इष्टिच्युशनल स्कुल म्यानेजर्स (फिजम) को आयोजनामा भएको आर्ट प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ ।

त्यस्तै फिजमकै आयोजनामा भएको हाजिरी जवाफमा तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी भक्तपुर जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगितामा पनि तृतीय स्थान हासिल गरेको छ । जिल्लाव्यापी व्याडमिन्टनमा वुमेन्स सिंगलतर्फ तेस्रो स्थान हासिल गरेको हो ।

विजयी विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्राचार्यले बधाई र धन्यवाद ज्ञापन गर्दै खेलकुदजस्तै अब्बल नतिजा अध्ययनमा पनि ल्याउनुपर्ने र यससँगै विद्यार्थीको सर्वाङगीण विकास हुने जानकारी दिनुभयो । नेक्सस विद्यार्थीको सर्वाङगीण विकासका लागि प्रतिबद्ध रहेको उपर्युक्त थलो रहेको उहाँको भनाइ थियो ।