नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्धारा राजीनामाको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका हुन । आफूले नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको जानकारी उनले फेसबुकमार्फत गराएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन ।

फेसबुकमा उनले लेखेका छन –प्रिय नेपाली समर्थकहरु, म राजीनामा दिन एन्फा जाँदैछु। एन्फाका वरिष्ठ उपाध्यक्ष यसका कारण हुन्। ३ सातादेखि उनले मसँग नाटक गरिरहेका छन्।
मलाई आशा छ अब तपाईँ पंकज नेम्वाङ खुसी हुनुभयो होला ’

गत चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्ताव अनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।