५३ जिल्लामा फैलियो कोरोना, आजै भेटिए हालसम्मकै बढी संक्रमित

काठमाडौँ – आज एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज थप १८९ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । डा. देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मा गरिएको परीक्षणमा १ सय २४ जनाको पोजेटि भएको छ । उनीहरुमध्ये धनुषाका ७ जना २० देखि ४२ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै झापाका एक जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यस्तै ललितपुरकी एक जना २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार महोत्तरीको ४ जना २५ देखि ५५ वर्षीय पुरुषहरु, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुषहरु, सर्लाहीका १७ जना १६ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु र सिराहाका ११ जना १७ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

जसमध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।