इसिडीमा कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीको सुविधा नबढाएको भन्दै शिक्षक महासंघले गर्यो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौँ – बजेटमा प्रारम्भिक बालविकास (इसिडि) मा कार्यरत शिक्षक तथा विद्यालय तहमा कार्यरत कर्मचारीहरुको सुविधा नबढाइएको प्रति नेपाल शिक्षक महासंघले गम्भिर आपत्ति जनाएको छ ।

महासंघले यसबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको गम्भीर ध्यानाकर्षण गराउँदै भनेको छ–‘ प्रारम्भिक बालविकास शिक्षा इसिडिमा कार्यरत शिक्षक र विद्यालय तहमा कार्यरत कर्मचारीहरुको न्यूनतम पारिश्रमिक सरकार आफैले राष्ट्रिय शिक्षा नीति २०७६ मा अख्तियार गरेको नीतिको समेत ख्याल नगरी प्रस्तावित बजेट प्रति गम्भीर आपत्ति छ।’

महासंघले निजी विद्यालयलाई सार्वजनिक विद्यालयको गुणस्तर सुधारको जिम्मा लगाएर सरकारले सार्वजनिक शिक्षालाई कमजोर बनाउन खोजेको पनि आरोप लगाएको छ ।

महासंघले ध्यानाकर्षणपत्रमा राष्ट्रिय दरबन्दी मिलान, पुनः वितरण र प्रक्षेपण कार्य दलले दिएको सुझाबले ५३ हजार शिक्षकहरुको पद सृजना गरी गुणस्तरीय शिक्षाका लागि प्रतिस्पर्धाको माध्यमबाट योग्यतम शिक्षकहरुको प्रबन्ध गर्नुको सट्टा ६ हजार स्वयम् सेवक शिक्षक नियुक्ति गर्न बजेट विनियोजन गरिएको प्रतिसमेत आपत्ति जनाएको छ ।

यस्तो छ महासंघको ध्यानाकर्षण पत्र :