पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

ललितपुर – ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भीमसेनथापा गाउँपालिका–२ तान्द्राङका २६ वर्षीय ती युवकलाई असार २० गते पाटन अस्पताल ल्याइएको थियो ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण भएको पुष्टि गरे । डा. शर्माका अनुसार आत्महत्याको प्रयास गरेका उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।