काठमाडौँ उपत्यकामा थपिए आजसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबारै देशभर थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । त्यस्तै, नेपालमा आज थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।