गोंगबु विभत्स हत्या प्रकरणमा कल्पनाको बयान : दही खुवाएर अण्डकोषमा ह्याम्मरले प्रहार

काठमाडौँ – गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज आज पत्रकार सम्मेलन गरी आरोपी सार्वजनिक गरेको हो । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेको हो ।

कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीकाअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् ।

त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् । उनलाई चितवनबाटै पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो ।