के छ शिक्षा मन्त्रालयको निर्देशिकामा ?

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अवरुद्ध सिकाइ प्रणालीलाई सुचारु गर्न निर्देशिका जारी गरेको छ । विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठक पाठन नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्न दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा तय गरी त्यसको अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने योजना सरकारको कार्यसूचीमा छ ।

मन्त्रालयले सबै किसिमको प्रविधिको पहुँचमा रहेका, रेडियो टेलिभिजनमा पहुँचमा रहेका, इन्टरनेटको पहुँच, इन्टरनेट नपुगेको स्थानमा सिकाइ लगायतबारे निर्देशिकाले स्पष्ट पारेको छ ।

हेर्नुहोस् निर्देशिका जस्ताको तस्तै :