एन्फा कार्यसमिति बैठक : थापामाथिको कारबाही अनुमोदन

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । एन्फा कार्यसमितिको आजको बैठकले संस्था र पदाधिकारीविरुद्ध अपशब्द बोलेका एन्फा ललितपुर अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णय कार्यसमितिले अनुमोदन गरेको हो ।

कार्यसमिति बैठकले थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको छ । थापाको जवाफ चित्तबुझ्दो नभएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।

बैठकले आगामी आर्थिक बर्षका लागि कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको ७० करोड ४१ लख १९ हजार ६ सय ५० रुपैयाँको एन्फाको बार्षिक बजेट पारित गर्दै अनुमोदनका आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कोरोना कारण समस्यामा परेका तीस जनालाई राहत प्रदान गर्ने र नेपाली राष्ट्रिय महिला तथा पुरुष फुटबल खेलाडीलाई क्रमशः ३५/३५ जनालाई १५ हजारका दरले राहत प्रदान गर्ने भएको छ ।

साधारण सभा भदौ १५ गते

बैठकले एन्फाको कंग्रेस भनेर चिनिने साधारण सभा आगामी भाद्र १५ गते सञ्चालन गर्ने निर्णय गरेको छ । यदि त्यसबेला पनि कोरोना भाइरस संक्रमण नटुंगिए सरोकारवालसँगको समन्वयमा भर्चुअल साधारण सभा गर्ने पनि एन्फाले जनाएको छ ।

एन्फाको बैठकपछि प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्ति :