काठमाडौँ उपत्यकामा थप २६७२ जनामा संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।