ग्रहणका बेला जप्नुहोस् यी मन्त्र हुनेछ धनमा वृद्धि

काठमाडौँ – ग्रहणको बेला धेरै काम गर्न बर्जित छ तर शास्त्रका अनुसार धन आर्जन गर्न चाहनेको लागि यो अति नै उत्तम पल हो । ग्रहणमा बिशेष मन्त्रको जप गर्दा धन प्राप्ति हुने बिश्वास गरिन्छ । पण्डित केशव आचार्यका अनुसार ग्रहणका बेला गरिने मन्त्रजापले पनि धनमा वृद्धि गर्न सकिन्छ ।

कुनै पनि मन्त्र सिद्धिको लागी सबैभन्दा राम्रो समय ग्रहण काल हुनेगर्छ । ग्रहणको समयमा मन्त्र जप गर्नको लागि मालाको जरुरी हुदैन । यो दिन समयको नै बिशेष महत्व हुन्छ । आचार्यले ग्रहणका बेला जप्नुपर्ने मन्त्र यसप्रकार दिएका छन् ।

लक्ष्मी (धन) प्राप्तीका लागि मन्त्रः

ॐ श्रीं ह्लीं क्लीं ऐं ॐ स्वाहाः

शत्रु नाशका लागि:

ॐ ह्लीं बगलामुखी देव्यै सर्व दुष्टानाम वाचं मुखं पदम् स्तम्भय जिह्वाम कीलय(कीलय बुद्धिम विनाशाय ह्लीं ॐ नमः

वाक् सिद्धिका लागिः

ॐ ह्लीं दूं दूर्गायः नमः

नोकरी एवं व्यापारमा बृद्धिका लागि :
ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नमः

मुद्दा जित्नका लागिः
ॐ ह्लीं बगलामुखी सर्वदुष्टानां वाचं मुखं पदं स्तंभय जिह्ववां कीलय बुद्धि विनाशय ह्लीं ओम् स्वाहाः

अरुपनि धेरै मन्त्रहरु छन्  जप्न सक्नुहुन्छ ,,,
ॐ नमो भगवते वासुदेवाय

ॐ नम: शिवाय

ॐ शक्त्यै नमः

ॐ हरेकृष्ण हरेराम आदि आदि ,,

कुनै पनि मन्त्र तब मात्रै सफल हुन्छ, जब तपाईमा पूर्ण श्रद्धा तथा विश्वास हुन्छ । कसैको नराम्रो सोच्ने व्यक्ति मन्त्र सिद्धि प्राप्त गर्न सक्दैनन् । मन्त्र जप्ने समयमा बास्नादार अगरबत्ती प्रज्ज्वलित गर्नुहोस् । यसबाट मन एकाग्र भएर जपमा मन लाग्नेछ साथै ध्यान अन्यत्र मोडिने छैन ।

जब ग्रहण सुरु हुन्छ, मन्त्र जप्ने कार्यपनि सुरु गर्नु पर्दछ । साथै ग्रहण सकिएसँगै मन्त्र जप्न पनि छाड्नुपर्दछ ।