सुनचाँदीको मुल्य लगातार बढ्दै

काठमाडौँ – सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो । शुक्रबार ८९ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आइतबार ६ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।