आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ – आज अन्तर्राष्ट्रिय योग दिवस । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा योग दिवस मनाउन थालेको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्रसार गरी योग संसारभर फैलिएको थियो । संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ ।

‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्ने भएका छन् ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश दिँदै कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताएका छन् ।