थप २ जनाको मृत्यु, १३६५ संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

थप २ जनाको मृत्यु

यसैबीच नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।