काठमाडौँमा ५११ सहित उपत्यकामा थपिए ६४७ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालमा आज थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।