काठमाडौँ उपत्यकामा थपिए ६७४ संक्रमित

काठमाडौँ –काठमाडौं उपत्यकामा थप ६७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ६७४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।