थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ – नेपालमा सोमबार १ हजार बढी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षण गर्दा ४ सय १८ महिला र ७ सय ३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् । त्यस्तै बढी संख्यामा संक्रमित हुने जिल्लाहरुमा मोरङ १ सय ७, सप्तरी ४७, रौतहटमा २९, कास्की १८, नवलपरासी २४, सुर्खेत २८, कैलाली ३७ रहेका छन् ।

अहिले देशभरका आइसोलेशनमा १७ हजार ६ सय ११ जना रहेका छन् । तिमध्ये ८ हजार ६ सय ९० होम आइसोलेसन र ८ हजार ९ सय २१ संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १ सय ५ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

डिस्चार्ज हुने ७२ दशमलम ४ प्रतिशत रहेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ९ लाख २३ हजार ८ सय २३ वटा पीसीआर परीक्षण गरिएको छ ।

थप ११ जनाको मृत्यु

यसैबीच, पछिल्लो २४ घन्टामा थप १६ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १३ जना पुरुष रहेका छन् । मकवानपुर, ललितपुर र दोलखाका एक एक जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै बाँके, भक्तपुर र काठमाडौंमा दुई, दुई जना र झापा, सुनसरी, पर्सा, मकवानपुर, ललितपुर, चितवन, रुपन्देहीमा एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

संक्रमित हुनेमध्ये शून्य दशमलव ७ प्रतिशतको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ९६ जनाको आईसीयुमा र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।