चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको (कोभिड –१९) ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, बारा जितपुरकी ६८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।