सोलुखुम्बुमा आयोजित कार्यक्रममा झडप,दर्जन मोटरसाइकल जले

अनुज खड्का ,सोलुखुम्बु / सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाबाट यथासिघ्र ग्रामिण विद्युतीकरण गर्नुपर्ने माग राखेर बन्दको घोषणा गरेका तिङलाली र विद्युत उद्घाटनका लागि सदरमुकामबाट टोली बिच झडप भएको छ ।

आज दिउसोेको समयमा पत्तालेमा विद्युतको उद्घाटन गर्न गएको टोली र आन्दोलनकारी बिच झडप भएको हो । आन्दोलनकारीले उद्घाटन गर्न गएको टोलीको दर्जन भन्दा बढि मोटरसाईकल र लाममाने सवस्टेशनमा राखिएको डबल क्याप बोलेरोमा समेत आगजनि गरेका छन् । तोडफोड आगजनि भएपछि प्रहरीले नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । झडपका क्रमममा आन्दोलन कारीले ढुङगामुढा प्रहार गरेको छन् जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

अहिले जनपथ र शशस्त्र प्रहरी सहतिको सुरक्षाकर्मीको टोलीे घट्नास्थलमा खटिएको छ । शनिबार जिल्लाको पर्यटकीय क्षेत्र पत्तालेमा प्रतिनिधि सभा सदस्य हेम कुमार राईले विद्युतको उदुघाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

सो भेलालाई सम्बधोन गर्न गएको टोली सोलुका संघिय सांसद हेमकुमार राई, प्रदेस सभा सदस्यद्धय बुद्धिकुमार राज भण्डारी र उत्तम बस्नेत थुलुङदुधकोसी गाउँपालिका अध्यक्ष असिम राईले सम्बोधन गर्न नपाउदै तिङलालीको आन्दोलनले उग्र रुप लिएको हो ।