काठमाडौँका विद्यालयमा शुल्क निर्धारण, मासिक शुल्क शतप्रतिशत लिन पाउने अन्यमा २५ प्रतिशत छुट

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले यस शैक्षिक सत्रका लागि विद्यालयको शुल्क निर्धारण गरेको छ । नगरपालिकाको शिक्षा समितिको बैठकले मासिक पढाइ शुल्क बाहेकका अन्य शुल्कमा २५ प्रतिशत छुटसहित शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

साथै अनलाइन शिक्षणको शुल्क अभिभावकको सहमतिमा लिन निर्देश गरेको छ । नगरपालिकाले दिएको निर्देशनमा भनिएको छ –‘नगरपालिकाले नयाँ विद्यालयहरुलाई नयाँ भर्ना लिँदा अनिवार्य रुपमा स्थानान्तरण प्रमाणपत्रका आधारमा भर्ना लिन पनि निर्देशन गरेको छ ।

विभिन्न १२ बुँदे निर्देशन दिँदै नगरपालिकाले असोज महिनाभित्र शैक्षिक तथ्याङक उपलब्ध गराउन तथा शिक्षक कर्मचारीलाई तलब दिन पनि आग्रह गरेको छ ।
हेर्नुहोस नगरपालिकाको निर्देशन :